') //--> ') //-->
Consulate General of India
Birgunj (Nepal)
Press Release
----------------------------------------
As a part of celebrations of Azadi ka Amrit Mahotsav (India @75) and to observe 'Chronic Obstructive Pulmonary Diseases (COPD) Day', a panel discussion was organised inside Consulate premises on Nov.18, 2022 at 1630 hrs. On the topic "Types, Etiology & Treatment of COPD". About 30 officers, officials and staff members of the Consulate participated in the discussion which was addressed by three eminent pulmonologist and physicians of the city namely, Dr. Niraj Singh, HOD, Internal Medicine, Narayani Hospital, Dr. Saroj Roshan Das, General Physician, Narayani Hospital and Dr. Alok Singh, HOD, Medicine & Pulmonologist, National Medical College, Birgunj.
2. In his opening remarks, Consul General Nitesh Kumar highlighted the importance of good health in life and underlined the menace of COPD. He added that COPD was the third largest death causing disease in the world, but it is ignored by the people due to lack of awareness and knowledge about it.
3. Three panelist Doctors gave detailed presentation on COPD comprising its definition, types, symptoms, causes and treatment. They informed that smoking, air pollution and allergies were main causes of COPD diseases and vaccination, nabulisation, oxygen supply and certain medications were applied for its treatment. They suggested to prefer nabulisation to medications for its treatment as medications are having side effects.
4. The discussion was followed by a Question & Answer session which was very useful and beneficial.
Birgunj (Nepal)
November 19, 2022
भारत को महावाणिज्य दूतावास
बीरगंज (नेपाल)
प्रेस विज्ञप्ति
आजादी का अमृत महोत्सव (भारत @75) अर्न्तगत तथा 'क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी) दिवस' मनाउने क्रममा, नोभेम्बर 18,2022 मा 1630 बजे कन्सुलेट परिसर भित्र "सीओपीडीको प्रकार, एटियोलोजी र उपचार" शीर्षकमा प्यानल छलफल आयोजना गरिएको थियो। उक्त छलफलमा वाणिज्य दूतावासका करिब ३० जना अधिकृत तथा कर्मचारीहरूको सहभागिता रहेको थियो जसमा शहरका प्रतिष्ठित पल्मोनोलोजिस्ट तथा चिकित्सक डा निरज सिंह, इन्टरनल मेडिसिन, एचओडी, नारायणी अस्पताल, बीरगंज, डा सरोज रोशन दास, जनरल फिजिसियन नारायणी अस्पताल तथा डा. आलोक सिंह, एचओडी, मेडिसिन तथा पल्मोनोलोजिस्ट, नेसनल मेडिकल कलेज, वीरगन्ज ज्युहरूले सम्बोधन गर्नुभएको थियो ।
2. स्वागत मन्तब्यमा कन्सुल जनरल नितेश कुमारज्यूले जीवनमा राम्रो स्वास्थ्यको महत्त्वबारे प्रकाश पार्नुभयो र COPD को खतराबारे रेखांकित गर्नुभयो। सीओपीडी विश्वमा मृत्यु हुने तेस्रो ठूलो रोग हो तर यसबारे जनचेतना र ज्ञानको कमीले गर्दा यसलाई बेवास्ता गरिएको उनले बताए ।
3. तीन प्यानलिस्ट डाक्टर साहबहरूले COPD को परिभाषा, प्रकार, लक्षण, कारण र उपचार सहितको विस्तृत प्रस्तुति दिनुभयो। वहाँहरुले धुम्रपान, वायु प्रदुषण र एलर्जी सीओपीडी रोगको प्रमुख कारण भएको र यसको उपचारका लागि खोप, नाबुलाइजेशन, अक्सिजन आपूर्ति र केही औषधि प्रयोग गरिएको जानकारी दिनुभयो।वहाँहरुले औषधिको साइड इफेक्ट हुने भएकाले यसको उपचारका लागि औषधिभन्दा नेबुलाइजेसनलाई प्राथमिकता दिन सुझाव दिए ।
4. छलफल पछि प्रश्न र उत्तर सत्र भयो जुन धेरै उपयोगी र लाभदायक थियो।
बीरगंज (नेपाल)
नवम्बर १९, २०२२